|
|
|
|
पर्तिर बस्छ
-सलेम सुलेरी धरा पर्तिर एउटा देश देश पर्तिर गृह गृह पर्तिर संसार त्यहाँ बस्छ एउटा देह ।
देह पर्तिर खडा छाती छाती पर्तिर हाड-फ्रेम फ्रेम पर्तिर बाँया मन त्यहाँ बस्छ एउटा प्रेम ।
प्रेम पर्तिर छयौ तिमी तिमी पर्तिर बुन्छयौ छल छल पर्तिर फेरि म त्यहाँ बस्छ एउटा जल ।
जल पर्तिर छन् आ“खा आ“खा पर्तिर भुरू चुल१ चुल पर्तिर कालो टाउको त्यहाँ बस्छ एउटा भूल ।
भूल पर्तिर छ स्मृति स्मृति पर्तिर जलेको छवि छवि पर्तिर भत्किएको कोठा त्यहाँ बस्छ एउटा कवि ।
कवि पर्तिर परिचित कुवा कुवा पर्तिर केराको गाछ२ गाछ पर्तिर कालो पोखरी त्यहाँ बस्छ एउटा माछ३ ।
माछ पर्तिर झुल्छ चारो चारो पर्तिर विखण्डित झाडी झाडी पर्तिर शिकारी त्यहाँ बस्छ एउटा लोभ ।
लोभ पर्तिर एउटी नारी नारी पर्तिर म माछ माछ पर्तिर दुःखी जल त्यहीँ बस्ने गर्दछु आज ।
नोटः १.भुरू चुल = आँखी भौँ २.गाछ = बोट ३.माछ = माछा
मूल बङ्गाली भाषाबाट अनुवादः कुमुद अधिकारी
|