|
|
|
|
म तिम्रो -- मेहराब रहमान
के चाहन्छ्यौ तिमी ? दीर्घ समय चाहन्छ्यौ कि तिमी देहको वार्तालाप, चौथो प्रहरमा चारवटा रक्तिम ओठहरूको दुष्ट कम्पन रगतमा तिम्रो आँधीको उष्ण नशा, र सुखको जीवनयापन ?
सबै दिन सक्छु तर सर्त एउटा हृद्कलमले चार शब्द लेख्नुपर्छ म तिम्रो मात्रै तिम्रो।
मूल बङ्गाली भाषाबाट अनुवादः कुमुद अधिकारी |