|
|
|
|
समयसँग पूर्णिमा बर्मन
समयसँग सबैथोक बदलिन्छ ठाउँ, अनुहार, सोच र सम्बन्ध । शब्दहरू बेइमान बन्दछन् चक्रव्यूहबाट घेरिन्छन् भीष्मप्रतिज्ञाहरू।
समय कलाकारले झैँ भित्तामा आफैँ कोर्छ इतिहास।
हामी हेर्छोँ मात्रै दर्शक सरह अनि रूपान्तर गर्छोँ आ-आफ्ना भाषाहरूमा।
रूपान्तर शब्दहरूको रूपान्तर प्रतिज्ञाहरूको ठाउँ, अनुहार, सोच र सम्बन्धहरूको ।
मूल हिन्दीबाट अनुवादः कुमुद अधिकारी
|