|
|
|
|
कविता-डायरी --मेहराब रहमान
कविता मेरो जीवन, मेरो डायरीको पाना निराश मनुष्यको कुरा, गुल्मलता, नदी र नारी पाखा पखेरू, दूर बनमय बोट बूट्यान।
हीराको कलमम् सुनको मसीले अङ्कित हुन्छ कविता डायरी चिरायु रहन्छ।
हिउँदे बिहानीमा आमाको हातको पीठो सोच्दा लाग्छ एकदम मीठो किसान वधुको प्रेममय आँखामा एसिडले दग्ध किशोरीको मुखमा वर्णित हुन्छ गल्प गाथा सुख बेदनाको नक्कासी।
कविता आज खोल भएको छ इलिस फ्राइको सुगन्धमा बङ्गलादेशको पहाड, नदी उज्जवलताका गौरव, जता हेर्छु सुनौले रङ्ले पोतिएको छवि कविता जीवन, कविता डायरी लेख्छन् कवि।
मूल बङ्गाली भाषाबाट अनुवादः कुमुद अधिकारी
|