Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

गीताञ्जली -7

 --रवीन्द्रनाथ ठाकुर

तिमी नवनव रूपमा आऊ प्राणमा।

आऊ सुगन्ध चयनमा आऊ गानमा।

 

आऊ अङ्गमा पुलकित स्पर्शमा

आऊ मनमा अमृतमय हर्षमा

आऊ मुग्ध मूदित दुई नयनमा

तिमी नवनव रूपमा आऊ प्राणमा।

 

आऊ निर्मल उज्ज्वल कान्त,

आऊ सुन्दर स्निग्ध प्रशान्त,

आऊ, आऊ है विचित्र विधानमा।

 

आऊ दुःखमा सुखमा, आऊ मर्ममा,

आऊ नित्यनित्य सब कर्ममा,

आऊ सब कर्म अवसानमा।

तिमी नवनव रूपमा आऊ प्राणमा।

मूल बङ्गालीबाट अनुवादः कुमुद अधिकारी


प्रथम पृष्ठ ( Home )