Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

गीताञ्जली -31

--रवीन्द्रनाथ ठाकुर

 

म यहाँ बस्छु मात्रै, गाउँदै तिम्रो गान

देऊ मलाई तिम्रो जगत्सभामा अलिकति स्थान।

 

म तिम्रो भुवन-माझमा

लागिनँ नाथ, कुनै काममा,

केवल सुरमा बज्छ

बिनाकामको यो प्राण।

 

निशाको नीरव देवालयमा

तिम्रो आराधन

तब मलाई आदेश गर

गाउन हे राजन्।

 

बिहान जब आकाश जोडिँदै

बज्दछ वीणा सुनको सुरमा

तब म न रहूँ टाडा

यही रहन देऊ है मलाई मान ।
 

मूल बङ्गालीबाट अनुवादः कुमुद अधिकारी


प्रथम पृष्ठ ( Home )