Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

एक्काइसको बिहानीको वार्तालाप 

--सलेम सुलेरी

तरुणीः मेघ चिन्छौ ?

तरुणः अहँ ।

तरणीः किन ?

तरुणः सबै किन'को जवाफ हुन्न ।

तरुणीः घाम चिन्छौ ?

तरुणः चिन्थेँ, अहिले चिन्दिनँ ।

       नारा - जुलुस, रापिलो घाम खोई ?

तरुणीः भाषा - भायोलेन्स, एक्काइसलाई चिन्छौ ?

तरुणः चिन्छु तर पूरै होइन ।

तरुणीः किन ?

तरुणः पुरै चिन्दा तिमीलाई छाड्नुपर्छ नि त !

 

मूल बङ्गाली भाषाबाट अनुवादः कुमुद अधिकारी

 


प्रथम पृष्ठ ( Home )